ट्रेण्डिङ

होमपेज / राजनीति

अदालत परिसरमा भएको घटनाप्रति सर्वोच्चद्वारा दुःख व्यक्त

नेपालगाथा २०७८ मंसिर ३ गते शुक्रबार १५:३७:२० मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ’, सर्वोच्च अदालतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ । उक्त घटनामा घाइते भएका कानून व्यवसायीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा यस्तो अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वास व्यक्त गरेको विज्ञप्ति उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top