होमपेज / राजनीति
काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायालय भ्रष्ट हुन नदिन भ्रष्ट व्यक्तिलाई बिदाइ गर्नुपर्ने बताएका छन् ।
उनले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको बताए ।‘अहिले न्यायालयमा बाहिरको हस्तक्षेप हुनु हुँदैन भन्ने लागिरहेको थियो । यो त जनआन्दोलन, जनयुद्धभन्दा पनि धनसँगको युद्ध पावरफुल रहेछ । प्रहरीलाई लाठी हान्न लगाउने रहेछ । हर तहमा यसको पहुँच छ,’ उनले भने, ‘नेताहरू कान सुन्दैनन्, आँखा बन्द छन् । दलाल भेट्न जतिबेला सहज छ तर हाम्रो कुरा सुन्ने फुर्सद छैन ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘धनयुद्धको बल’मा पदमा रहिरहेको उनको भनाइ छ ।
“इजलास चलाउन सक्नु हुन्न, तर आफ्नो कुर्सी समातेर बसिरहनुभएको छ । किनकि, उहाँलाई लाज छैन, नैतिकता पनि उहाँसँग बाँकी छैन,” उनले भने, “जनयुद्ध र जनआन्दोलनभन्दा धनयुद्ध बलियो हुँदो रहेछ । यो धनयुद्धकै बलमा चोलेन्द्र कुर्सीमा छन् । नेताहरू बोल्न सक्दैनन् । त्यही धनले उहाँहरूको मुख बन्द गरिदिएको छ ।”