ट्रेण्डिङ

होमपेज / राजनीति

प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी

नेपालगाथा २०७८ मंसिर ३ गते शुक्रबार ११:००:५० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

नेपाल बार एसोसिएसनको नेतृत्वमा भएको धर्नामा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्नै विभिन्न ठाउँका कानुन व्यवसायीहरु बार भवन अगाडि धर्नारत छन् ।धर्ना व्यवस्थापनका लागि सुरक्षा पनि बढाइएको छ । शुक्रबार पनि सर्वोच्च अदालत आसपास र प्रवेशद्वारमा सुरक्षाकर्मी तैथान गरिएको छ ।

प्रधानन्यायाधीशले न्यायलयको बिकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बारले राजीनामाको बटम लाइनसहित आन्दोलन सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top