होमपेज / राजनीति
जाजरकोट । पटक पटक पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामग्रीमा गरिएको मुल्य वृद्धिका विरुद्ध बिहीबार जाजरकोटको थलह बजारमा बिरोध प्रदर्शन भएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सरोजजङ्ग शाहीको नेतृत्वमा जाजरकोटका युवाहरुले मूल्य वृद्धिको चर्को विरोध गर्नुका साथै मसाल जुलुश समेत निकालेका थिए । मसाल जुलुश बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो ।
.jpg)
कोण सभामा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सरोजजङ्ग शाहीले परमादेश सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकाले विरोध गर्नुपरेको बताए ।
मूल्य वृद्धिका साथै दैनिक उपभोग्य वस्तुमा समेत महङ्गी बढेको बताउँदै केन्द्रीय सदस्य शाहीले जनतामारा सरकारले जनतालाई दुःख दिनेभन्दा अरु केही गर्न नसकेको आरोप समेत लगाए । मसाल जुलुशमा नेकपा एमालेका नेता तथा कार्यकर्ताका साथै मूल्य वृद्धिको विरोधीहरुको समेत उपस्थिति रहेको थियो ।