ट्रेण्डिङ

होमपेज / राजनीति

आन्दोलनरत वकिल कुट्ने धम्की दिने काे हुन?

नेपालगाथा २०७८ मंसिर २ गते बिहीबार १४:४५:३३ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीलाई कुटपिटको धम्की दिएका छन् ।

उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबाेल्न भन्दै धम्की दिएका थिए । कानून व्यवसायीहरु प्रतिकारमा उत्रिएपछि दुई जना भागे । एक जनालाई भने प्रहरीहरुले कानून व्यवसायीहरुबाट छुटाएर भगाए ।

कानुन व्यवसायीलाई धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका थिए ।कानुन व्यवसायीलाई धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका थिए ।उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top