होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानमा जोड दिएका छन् ।
बिहीबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन सर्वोच्चको विवाद छिट्टै समाधान हुने पक्षमा रहेकाले त्यसका लागि प्रधानमन्त्री देउवाले पहल गर्ने बताएका हुन् ।
नेकपा एस सुदूरपश्चिम कार्यालयको उद्घाटनका लागि धनगढी पुगेका नेपालले पत्रकारसँगको जिज्ञासामा साझा धारणा बनाएर राम्रो वातावरणमा छिटो समाधान हुनुपर्ने बताए ।'सर्वोच्च अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटोभन्दा छिटो समाधान हुनुपर्दछ । सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि राजनीतिक समन्वय समितिले गरेको छ । यसका लागि प्रधानमन्त्रीज्यूले आफ्नातर्फबाट पहल गर्नुहुन्छ,’ नेपालले भने ।