ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतका असन्तुष्ट १९ न्यायाधीशहरुले समानान्तर पूर्णबैठक (फूल कोर्ट)को तयारी गरे

नेपालगाथा २०७८ मंसिर २ गते बिहीबार १०:४९:०३ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने समझदारी गरेका छन् ।

 प्रधानन्यायाधीश जबरा बाहेकका सबै न्यायाधीश सहमत भएमा विहीबार उनी बाहेकको पूर्ण बैठक बस्नेछ र सर्वोच्च अदालत नियमावली संशोधन गरी गोलाप्रथासम्बन्धी निर्देशिकाको मस्यौदा पारित गर्नेछ ।

‘पूर्ण बैठकमा हामी सबै न्यायाधीश उपस्थित भएर नियमावली संशोधन गर्नेछौं भने कार्यविधीमाथि पनि निर्णय हुनेछ’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘त्यसपछि हस्ताक्षर गर्ने ठाउँ बाँकी राखिदिएर प्रधानन्यायाधीशज्यूलाई मस्यौदा पठाइदिन्छौं र उहाँले हस्ताक्षर गरेपछि त्यो मस्यौदा मुख्यरजिष्ट्रारले प्रमाणीकरण गरेर कानून मन्त्रालय पठाउने तयारी छ ।’

न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुयाल र नहकुल सुवेदी संलग्न बैठकले त्यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top