ट्रेण्डिङ

होमपेज / राजनीति

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा मन्त्रीकाे छड्के,बिचाैलियाकाे भागाभाग

नेपालगाथा २०७८ मंसिर १ गते बुधबार १४:०५:५३ मा प्रकाशित

काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा छड्के गरेका छन् ।

 मन्त्री श्रेष्ठ कसैलाई खबर नगरी ताहाचल कार्यालय पुगेपछि बिचाैलियाकाे भागाभाग भएकाे छ ।मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले विभागमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन राख्न, दलाली आतंक बन्द गर्न, हेल्प डेस्क राख्नसँगै आवश्यक उपकरण थप्न निर्देशन दिए । साथै अहिले कायम एक हजारबाट टोकन संख्या बढाएर १५ सय पुर्‍याउन पनि निर्देशन दिएका छन् ।  छड्केका लागि एक्कासी पुगेका मन्त्री श्रेष्ठले अनुगमनका क्रममा लाइनमा बसेका सेवाग्राहीले गुनासो पोखेका थिए ।

‘कुनै कर्मचारी र बिचौलियाका कारण सेवाग्राहीले दु:ख पाएको थाहा पाए राम्रो हुँदैन । यो कार्यालय जतनाको रोजीरोटीसँग जोडिएको छ । पारदर्शी भएर काम गर्नुहोला’, उनले निर्देशन दिँदै भने, ‘विगतमा के भयो थाहा छैन । अब राम्रो काम मिलेर गरौँ । कामदारलाई समस्या नहोस् भन्ने मेरो मान्यता हो ।’  

प्रतिक्रिया

सम्बन्धित खवर

Top