होमपेज / राजनीति
काठमाडौं । कानुन व्यवसायीहरूले आज पनि सर्वोच्च अदालत प्रांगणमा धर्ना दिएका छन् । वकिलहरू सर्वोच्चको मूल गेटभित्र धर्नामा बसेका हुन् ।
नेपाल बार एसोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेकोभन्दै कात्तिक पहिलो सातादेखि राजीनामा माग गर्दै आन्दोलनरत छन् ।
प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने वकिलहरूको तयारी छ ।यद्यपि, केही दिनयता प्रधानन्यायाधीश जबरा वकिलहरूको धर्ना छल्दै सर्वोच्च प्रवेश गर्दै आएका छन् । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।