ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल बारले अब के गर्छ ?

बार एसोसिएसनले घोषणा गर्‍यो थप आन्दोलन

बासु देब न्याैपाने २०७८ मंसिर १ गते बुधबार १०:५१:२८ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम थप गरेको छ । 

जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले धर्ना दिएका छन् । नेपाल बारले आउँदो शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम थप गरेको हो । मंगलबार साँझ बसेको बार एसोसियसनको कार्यसमिति बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम थप गरेको हो ।

 नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा जोडिएका विवादास्पद आदेश तथा फैसलाहरुको अध्ययन गर्ने भएको छ । जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेकोभन्दै कात्तिक पहिलो सातादेखि राजीनामा माग गर्दै  नेपाल बार आन्दोलनरत छन् । 

‘हामीले देशभरबाट उहाँले गरेका विवादास्पद आदेश, फैसला र अन्य विवरण भए नेपाल बार एशोसिएसनमा आएर त्यसको जानकारी दिन आग्रह गर्ने निर्णय गरेका छौं,’ उपाध्यक्ष बस्यालले भनिन्, ‘विवरणहरु प्राप्त भएपछि कार्यविधि बनाएर अध्ययन गर्ने र त्यसका आधारमा थप निष्कर्ष निकाल्ने योजना बनाएका छौं ।’ जबराको नेतृत्व अस्विकार गर्ने पर्याप्त आधार र प्रमाणहरु आफूहरुसँग भएपनि उनका थप विवादास्पद आदेश र फैसलाहरु खोज्न यस्तो निर्णय भएको नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् ।

आउँदो मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ । प्रधानन्यायाधीश जबराले अहिलेसम्म गरेका विवादित फैसलासम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णय पनि बारले गरेको छ ।नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ । नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश उपस्थित सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।

न्यायाधीशहरूसँग छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले मंगलबारको बैठकमा एकअर्काको अडान र समस्याको बारेमा छलफल भएको बताए । ‘उहाँले हाम्रो कुरा सुन्नुभयो । हाम्रो प्रधानन्यायाधीशको राजीनामाको बटमलाइन सुनायौं,’ उनले भने, ‘उहाँहरूले प्रधानन्यायाधीशले छोड्नुपर्छ भन्ने तपाईँको बटमलाइनमा हाम्रो असहमति होइन । हामी तपाईँहरूसँगै छौं । तपाईँहरूको कार्यक्रम आफ्नै ढंगले लानुस् । त्यसमा हाम्रो सहयोग रहन्छ भन्नुभयो ।’

 न्यायाधीशहरु इजलासमा गए उनीहरुको पनि राजीनामा मागेर आन्दोलन गर्ने चेतावनी बारले दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top