होमपेज / राजनीति
काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । अमेरिकी सहायता परियोजना एमसीसीका सम्बन्धमा नेपालमा विवाद भइरहेका बेला अमेरिकी सहायक विदेशमन्त्रीको भ्रमण हुन लागेको हो । यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि नेपाल आएका थिए ।
भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।