ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर १ को आजको बैठक स्थगन

मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

नेपालगाथा २०७८ कार्तिक ३० गते मंगलबार १५:०८:३६ मा प्रकाशित

विराटनगर । नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर १ को आजको बैठक स्थगन भएको छ । 

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद नआएपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो । आज मुख्यमन्त्री राईले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो ।

नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top