ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेद्वारा प्रदेश १ को आजको बैठक स्थगन गर्न माग

नेपालगाथा २०७८ कार्तिक ३० गते मंगलबार १४:१३:२५ मा प्रकाशित

विराटनगर । बन्दका कारण आफ्ना सांसद आउन नसकेको भन्दै नेकपा (एमाले)ले प्रदेश १ को आजको बैठक स्थगन गर्न माग गरेको छ । 

प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी गरेका छन् । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको छ ।

मुख्यमन्त्री राजेन्द्र कुमार राईले आजको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । एमालेले भने मतदान प्रक्रिया थालिए बैठकमा सहभागी नहुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top