ट्रेण्डिङ

होमपेज / राजनीति

जबराको राजीनामाको माग गर्दै आएका न्यायाधीशमध्ये पाँचजना छलफलमा किन बसेनन्?

इजलास फर्कन तयार भएका हुन?

नेपालगाथा २०७८ कार्तिक २९ गते सोमबार १७:४७:१५ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीशको बहिर्गमन माग गर्दै इजलास बहिष्कार गरेर अघोषित हड्तालमा उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच स्पष्ट फुट देखिएको छ ।

जबराको राजीनामाको माग गर्दै आएका न्यायाधीशमध्ये पाँचजना नियमित काममा फर्किन तयार भएका छन् ।स्रोतले दिएको जानकारीअनुसार ती पाँचजना न्यायाधीश न्यायाधीश र बारका प्रतिनिधिबीच भएको छलफलमा पनि सहभागी भएका छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको प्रेस विज्ञप्तिपछि उत्पन्न परिस्थितिबारे असन्तुष्ट न्यायाधीशहरूले बार एशोसियसनसँग अबको कदमबारे आयोजना गरेको छलफलमा पाँचजना न्यायाधीश सहभागी नभएपछि सर्वोच्चका न्यायाधीशहरूमा प्रष्ट विभाजन देखिएको हो ।

आफूहरु इजलासमा नबस्दा जनतालाई समस्या परेको भन्दै मंगलबारदेखि इजलासमा फर्किने तयारीमा रहेको स्रोतलेृ जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top