होमपेज / राजनीति
काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन अपिल गरेको छ ।
नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा उपर न्यायधीशहरुको आचारसंहिता उल्लघंन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तीमा उल्लेख भएका १५ बुँदे आधारमा महाभियोग लगाउनका लागि पर्याप्त आधार भएको फोरमले जनाएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ‘… रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं ।’