होमपेज / राजनीति
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता नहुने बताएका छन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसन आन्दोलनरत छन् । कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले सोमबार वक्तव्य जारी गर्दै सम्वादमा आउन आग्रह गरेका छन् ।
बारको धर्नालाई सम्बोधन गर्दै सोमबार दिउँसो अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन्।
‘चोलेन्द्रशमसेर अब तपाईंसँग वार्ता हुन सक्दैन। तपाईंले वार्ता होइन राजीनामा दिनुहोस्। त्यसपछि हामीले हरिकृष्ण कार्कीको प्रतिवेद लागू गर्न सबै पक्षसँग छफफल गर्छौं,’ श्रेष्ठले भने,‘प्रधानन्यायाधीशको विज्ञप्ति आएको भन्ने छ त्यो कुनै सुधारका लागि आएको होइन सबैलाई भ्रममा राख्न हो। त्यसैले उहाँसँग हामी वार्ता गर्दैनौं, हाम्रो बटमलाइन राजीनामा हो।