ट्रेण्डिङ

होमपेज / राजनीति

विग्रहको बाटो छाडेर वार्तामा बस्न प्रधानन्यायाधीशकाे आग्रह

नेपालगाथा २०७८ कार्तिक २९ गते सोमबार १२:५०:३२ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विग्रहको बाटो छाडेर वार्तामा बस्न आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् । तर जबरा राजीनामा नदिने अडानमा छन् । उनले सोमबार जारी गरेको विज्ञप्तिमा पनि राजीनामाको प्रसंग उल्लेख छैन ।

उनका तर्फबाट सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश राणाको विज्ञप्ति पढेर सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top