होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
कानुन व्यवसायीको सदाझै सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनका क्रममा आज प्रहरीसँग धकेलाधकेल भएको छ। प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।
केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ ।