होमपेज / राजनीति
काठमाडौं । कानून व्यवसायीहरूको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
मूलगेटमा उनको राजीनामा माग्दै कानुन व्यवसायीहरू धर्नामा बसेपछि राणा वैकल्पिक बाटो हुँदै सर्वाेच्च छिरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरूलाई धर्ना दिन रोक लगाएको छ ।
यसअघि हिजो पनि राणा वैकिल्पक बाटो भएर कार्यालय प्रवेश गरेका थिए । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रेको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्चको मूलगेटमा धर्ना दिइरहेको छ । बिहान १० बजे कार्यालय समय सुरु हुनासाथ कानुन व्यवसायीहरू धर्नामा बसेका हुन् ।