ट्रेण्डिङ

होमपेज / राजनीति

पाल्पामा प्रतिनिधि निर्विरोध चयन

एमाले महाधिवेशन

नेपालगाथा २०७८ कार्तिक २८ गते आइतबार १३:१४:२३ मा प्रकाशित

रामपुर । नेकपा (एमाले)को दशौँ महाधिवेशनका लागि पाल्पामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, बिमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई निर्विरोध चयन भएका छन् । क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा मगर, ओमबहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा, गीता पाण्डे तथा उत्पीडिततर्फ ठाकुर लोहागुन र दीपक विश्वकर्मा चयन भएको जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताए ।

महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षी धेरै रहे पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । केन्द्रीय नेतृत्वमा रहेका तीन महाधिवेशन प्रतिनिधि पनि चयन भएका छन् । केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उक्त दलले यसअघि नै जिल्लाका दश वटै पालिका र ८१ वटा वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top