होमपेज / राजनीति
सुर्खेत । यही मंसिर १० देखि १२ गतेसम्म चितवनको सौराहामा हुन गइरेको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी काठमाडौंले सर्बसम्मत रुपमा प्रतिनिधि छनौट गरेको छ । नेकपा एमाले सम्पर्क समन्वय कमिटीका सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटीका इन्चार्ज देवीराम भुसाल, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष जयबहादुर शाही, सचिव भक्त रावत खुलातर्फ सर्बसम्मत चयन हुनुभएको छ ।
यसैगरी महिलातर्फ सत्यदेवी अधिकारी र दलिततर्फ कुलबहादुर विश्वकर्मा सर्बसम्मत चयन भएको निर्वाचन कमिटीका सदस्य कुबेर अधिकारीले जानकारी दिनुभयो ।
