ट्रेण्डिङ

होमपेज / राजनीति

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको कार्यालय घेराउ

नेपालगाथा २०७८ कार्तिक २६ गते शुक्रबार १४:५२:०६ मा प्रकाशित

काठमाडौं ।  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्ता निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।उनीहरूले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । धर्नामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top