होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।कार्यक्रममा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले इसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिष्टमबारे जानकारी गराएका थिए ।
एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेको र चितवन गैंडाका लागि प्रख्यात भएको लोगोमा गैंडा राखिएको नेताहरुले बताएका छन्।