होमपेज / राजनीति
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराको बहिर्गमन निश्चित भएको बताएका छन् ।
शुक्रबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको विरोध कार्यक्रममा बोल्दै उनले चोलेन्द्र शमशेर राणा अब प्रधानन्यायाधीश नरहेको टिप्पणी गर्दै उनको बहिर्गमन भइसकेको जिकिर गरे।
वरिष्ठ अधिवक्ता थापाले महाभारतमा द्रौपतीको जस्तै न्यायको चिरहरण प्रधानन्यायाधीश जबराले गरिरहेको पनि आरोप लगाए । उनले प्रधानन्यायाधीश जबराले कुर्सी नछाडेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए । 'तपाईंले प्रधानन्यायाधीशको कुर्सी छाड्नु भएन भने हाम्रो आन्दोलन तपाईंको कार्यकालभर जारी रहन्छ,' उनले भने ।