ट्रेण्डिङ

होमपेज / राजनीति

आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्चको मूल गेट ‘कब्जा’ गर्ने

नेपालगाथा २०७८ कार्तिक २६ गते शुक्रबार १२:५६:२४ मा प्रकाशित

काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।

आज बिहान १० देखि मध्याह्न १२ बजेसम्म दुई घण्टा सर्वोच्चको मूल गेटअगाडि धर्ना दिइएको हो । बारले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई जारी राख्ने जनाएको छ ।धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए ।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन मूल गेटमा धर्ना दिइएको हो । यद्यपि, प्रधानन्यायाधीश जबरा भने धर्ना छल्दै महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट भित्र प्रवेश गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top