होमपेज / राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवहरू छिट्टै पार्टीमा फर्किने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन्।
‘ढिलो छिटो किरण, बाबुराम भट्टराई, विप्लवजी पनि आउनुहुन्छ,’ उनले भने, ‘साथीहरूसँग हात मिलाउन र अंकमाल गर्ने दिनको प्रतीक्षामा छु ।’ प्रचण्डले किरण र विप्लवहरूसँग पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको पनि बताए । ‘ किरणजी, विप्लवजीहरूसँग कुरा भइरहेको छ । अब अलग बसेर होइन सबै एकै ठाउँमा बसेर माओवादी आन्दोलनलाई अगाडि बढाउनुपर्छ,’ उनले भने ।