ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश निषेध गर्ने

नेपालगाथा २०७८ कार्तिक २५ गते बिहीबार १५:०४:०६ मा प्रकाशित

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश निषेध गर्ने घोषणा गरेको छ ।

बिहान १० नबज्दै सर्वोच्चको गेटमा कानुन व्यवसायीले धर्ना दिएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् ।नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले सर्वोच्च परिसरमा सम्बोधन गर्दै भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणालाई नहटाएसम्म आफूहरूको आन्दोलन नरोकिने बताए । ‘भोलि हामी राणालाई अदालत छिर्न दिँदैनौँ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top