होमपेज / राजनीति
काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
नेपाल बार एसोसिएसनको ब्यानरमा चलिरहेको दैनिक धर्ना र कोणसभामा बिहीबार भने तनावको अवस्था सिर्जना भयो । सर्वोच्च अदालत परिसरमा वकिलहरूमाथि प्रहरी हस्तक्षेप भयो । केही वकिलहरू घाइतेसमेत भए ।
न्यायालय भनेको न्यायाधीश र वकिलहरू सँगसँंगै हिँड्ने मार्यादित थलो हो । तर न्यायालयको नेतृत्वमा न्यायीय विचलन आएपछि बिहीबार न्यायालय प्रांगणमा अप्रिय घटना भयो । वकिलहरूमाथि सर्वोच्च प्रशासनको आदेशमा बर्दीधारी प्रहरीले धक्कामुक्की गरे । त्यति मात्र होइन सर्वोच्च अदालत परिसरभित्रै ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’, ‘विचौलियाका नाइके राजीनामा देऊ’, ‘गुन्डाका नाइके राजीनामा देऊ’, भन्ने चर्को नाराबाजी भयो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएको छ भने सर्वोच्चकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुुनुवाइ गरेका छैनन् ।