होमपेज / राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् ।
नेपाल बार एशोसिएसनको अगुवाईमा भइरहेको धर्ना कार्यक्रममा वकिलहरूले हातमा कालो पट्टी बाँधेर उपस्थित भएका छन्।नेपाल बारले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म अदालत र न्यायाधिकरणमा वकिलहरूले धर्ना दिन लागेका हुन् ।
बारले प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिए पनि उनले राजीनामा नदिएपछि आन्दोलन रोकिएको छैन ।