ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

नेपालगाथा २०७८ कार्तिक २४ गते बुधबार १९:००:२७ मा प्रकाशित

 काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

पहिलो संविधानसभा विघटनपछि झा एमालेबाट माओवादीमा प्रवेश गरेका थिए । मंसिर ७ गते धनुषामा झाको निर्वाचन क्षेत्रको तिनकोरिया चोकमा औपचारिक कार्यक्रम गरेर माधवकुमार नेपालले पार्टीमा भित्र्याउने कार्यक्रम छ । 

आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग सल्लाह गरेर नै विदा भएको झाले बताए । 'माधव कमरेडसँग ३० वर्षसँगै काम गरेको हो । त्यो आफैले बनाएको घर हो नौलो कुरा होइन,' झाले भने, 'प्रचण्डजीसँग पनि औपचारिक रुपमा बिदावारी भइसकेको छु । अहिलेको लडाइँ केपी शर्मा ओलीको प्रवृत्ति विरुद्धमा हो ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top