होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने प्रष्ट्याएका छन् ।
सिटौलाले पार्टीको १४ औं महाधिवेशनलाई निर्धारित मितिमै सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भइ अघि बढ्न नेता-कार्यकर्तालाई सफलता मिलोस् भनी कामना गरे । सिटौलाले भने’,‘कात्तिक २७ गतेबाट बाँकी रहेका वडा अधिवेशन सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रीय पदाधिकारी निर्वाचित गर्नुछ । अत्यन्तै साँघुरो यो कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन ।’
बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा उनले महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताए ।