ट्रेण्डिङ

होमपेज / राजनीति

सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिको विषयलाई लिएर विवाद भएपछि निषेधाज्ञा

नेपालगाथा २०७८ कार्तिक २४ गते बुधबार ११:३१:२४ मा प्रकाशित

काठमाडौं । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सिन्धुलीमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिको विषयलाई लिएर विवाद भएपछि निषेधाज्ञा जारी गरिएकाे हाे।एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

कमलामाई नगरपालिकाले एमाले महासचिव ईश्वर पोखरेललाई सालिक अनावरण र विजयोत्सवमा प्रमुख अतिथि बनाउन लागेको भन्दै गठबन्धन दलले मंगलबारदेखि नै तालाबन्दी गरेका छन् । पोखरेल मंगलबार नै सिन्धुली आइपुगेका छन् ।

तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top