होमपेज / राजनीति
काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पर्यटन मन्त्री प्रेम आलेसहितका नेताहरु आज डडेलधुरा पुग्दैछन् ।
पार्टीभित्र १० बुँदे सहमति कार्यन्वयन नभएको र जेठ २ मा फर्किन संस्थापन पक्ष नमानेको भन्दै नेकपा एमाले डडेलधुराका नेता डा. तारा जोशीसहित तत्कालीन माधव नेपाल समूहको जिल्ला समानान्तर कमिटी नेकपा एसमा समाहित हुने भएको छ ।
डा. जोशीलाई नेकपा एसमा प्रवेश गराउन अध्यक्ष माधवकुमार नेपाल आज डडेलधुरा जान लागेका हुन।१० बुँदे सहमतिपछि आफू अध्यक्ष हुुनुपर्ने जोशीको माग थियो । तर जिल्लामा ओली पक्षले तलैसम्म संगठन गरिसकेका र एकलौटी अधिवेशनहरु गरेपछि जोशी नेकपा एसमा प्रवेश गर्न लागेका हुन् ।