ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीले भन्याे-संशोधनविना एमसीसी पास हुँदैन, न्यायालयको विवादमा हस्तक्षेप हुँदैन

नेपालगाथा २०७८ कार्तिक २३ गते मंगलबार १८:५३:४६ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमति र संशोधनविना एमसीसी अगाडी बढ्न नसक्ने बताएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधनविना एमसीसी अगाडि बढ्न नसक्ने स्पष्ट पारेको हो ।

 एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पत्र लेखेको अभिव्यक्ति दिएका थिए । एमसीसीमा रहेका केही विषय आपत्तिजनक रहेको र राष्ट्रिय सहमति नभई अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताए । 

लगत्तै अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिएका छन् । बाहिर चर्चा भए जस्तो एमसीसी पास गर्छौं भनेर पत्र नलेखेको उनको दाबी छ । ‘अध्यक्षले यथास्थितिमा पास गर्ने केही लेखिएको छैन भन्नुभएको छ,’ एक स्थायी समिति सदस्यले भने, ‘राष्ट्रिय सहमति चाहिन्छ, त्यसका लागि समय चाहिन्छ भनेका छौं भन्नुभयो ।’ 

त्यस्तै माओवादीले न्यायालयमा भइरहेको आन्दोलनका विषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायालयले नै टुङ्गाउनुपर्ने महराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top