होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलासबाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका सबै इजलास बहिष्कार गरेका छन्।
असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारबाट पूर्वसहमित विपरित सबै मुद्दाका लागि इजलास गठन गरेका छन् ।प्रधानन्यायाधीश राणाले न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्येक्षीकरणको रिट तोकेका थिए। उक्त इजलास पनि त्यहीँ रिट हेर्न मात्र बसेको छ। अरू मुद्दामा हेर्न नभ्याइने जनाउ दिएको छ।
सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् ।