ट्रेण्डिङ

होमपेज / राजनीति

बार अध्यक्ष श्रेष्ठले भने-राणा ‘निभ्न लागेका बत्ती’ हुन्, अब ‘वारपार’ गर्छौँ

नेपालगाथा २०७८ कार्तिक २३ गते मंगलबार १४:१२:५८ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरूद्ध जारी आन्दोलनलाई नेपाल बार एशोसिएनले आज पनि निरन्तरता दिएको छ ।

बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाएका छन् ।मंगलबार नेपाल बार परिसरमा आयोजित विरोध प्रदर्शनमा उनले अहिलेको अवस्थामा प्रधानन्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह पनि गरे । उनले भने, “प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।”

मंगलबारको कार्यक्रम शुरू भएलगत्तै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई निभ्न लागेको बत्तीको संज्ञा दिँदै अब वारपारको आन्दोलन हुने चेतावनी दिए ।

न्यायालय सुधारका लागि सम्मानजनक बहिर्गमन खोजेको भन्दै जबराले पेलेरै अघि बढ्ने संकेत देखाएको समाचार बाहिरिरहेका बेला बार अध्यक्ष श्रेष्ठले भने,’उहाँ निभ्न लागेको बत्ती जस्तो मात्रै हो,  उहाँ हट्न नै पर्छ’, उनले भने, ‘शान्तिपूर्णरूपमा भइरहेको हाम्रो आन्दोलनलाई अटेर गरिरहे कानून व्यवसायी मात्रै हैन सेवाग्राही, नागरिक समाज सबै आन्दोलनमा उत्रन्छन्, व्यवस्था परिवर्तनका लागि लड्दा हाम्रा साथीहरु मरेका छन्, घाइते भएका छन्, त्यो अवस्था नआओस् भनेर जबरा सचेत रहुन् । हामी यही चाहान्छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top