ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्चका न्यायाधीश कुमार चुँडाल बसे इजलासमा

नेपालगाथा २०७८ कार्तिक २२ गते सोमबार १४:२५:४२ मा प्रकाशित

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास बसेका छन् ।

उनले आफ्नो लागि तोकिएको एकल इजलासबाट आदेश गरेको सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख छ।अन्य न्यायाधीश इजलास गएका छैनन् । तर, चुडालले भने एकल इजलासमा पेश भएको एउटा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् ।

यसअघि प्रधानन्यायाधीश राणाले न्यायिक विचलन गरेको न्यायालयलाई विवादित बनाएको भन्दै उनको राजीनामा माग गरेका अरू न्यायाधीशसँगै उनले पनि समर्थन जनाएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top