ट्रेण्डिङ

होमपेज / राजनीति

गृहमन्त्री खाँडले भने-न्यायालयको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको छ

नेपालगाथा २०७८ कार्तिक २२ गते सोमबार १४:१८:३२ मा प्रकाशित

जनपुरधाम । न्यायालयमा देखिएको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । 

उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने बताउँदै अदालतको विवाद विवाद छिटो समाधान होस् भन्ने आफूहरूले चाहेको बताए।“न्यायापालिकामा विवाद देखिएको छ । त्यहाँको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना छ,” उनले भने, “न्यायालयको विवाद संवेदनशील र गम्भिर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।”

मन्त्री खाँणले नेकपा एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताए । उनले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top