होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।
एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।भट्टराईले एकीकृत समाजवादीको पहिचान नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको भन्दै राजनीतिक दलहरुको अवैध सम्बन्धमा बनेका समूहलाई एमाले महाधिवेशनमा नबोलाइने बताए।
“त्यो अवैध पार्टी हो,” एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।”
एमालेको उद्घाटनपछि सीधै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । उनले दिएको जानकारीअनुसार उद्घाटनलगत्तै नेतृत्व चयन प्रक्रियामा प्रवेश हुनेछ ।