ट्रेण्डिङ

होमपेज / राजनीति

रामचन्द्र पौडेलले मागे प्रधानन्यायाधीशको राजीनामा

नेपालगाथा २०७८ कार्तिक १६ गते मंगलबार १५:१३:५५ मा प्रकाशित

मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो राजीनामा दिन सुझाव दिएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले मंगलबार बिहान हेटौँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानन्यायाधीश राणाले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बहिर्गमन हुने पनि बताएका हुन् ।नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिन अघि सम्मानजनक बहिर्गमनको कुरा गरेकाले ढिला गर्दै गए बर्हिगमन अपमानजनक हुने चेतावनी दिए ।

उनले  प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारेको र संविधानको आत्मामाथि नै प्रहार गरेको आरोप समेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top