ट्रेण्डिङ

होमपेज / राजनीति

४९ सांसदको हस्ताक्षरसहित प्रदेश १ सरकारमा विपक्षी गठबन्धनको दाबी

नेपालगाथा २०७८ कार्तिक १५ गते सोमबार १७:२०:११ मा प्रकाशित

विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनले दाबी पेस गरेको छ ।

चार दलीय गठबन्धनको नेतृत्व गर्दै राई सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभा बैठकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका थिए ।

४९ जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरिएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्यासीले मंगलबार दिउँसाे १ बजेसम्म संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top