ट्रेण्डिङ

होमपेज / राजनीति

रामचन्द्र पाैडेलले भने-राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठिरहेको छ

नेपालगाथा २०७८ कार्तिक १५ गते सोमबार १४:३०:०५ मा प्रकाशित

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह उठेको बताएका छन् ।सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताए । 

संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरू समेतले आफ्नो भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको उनले बताए । राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भए पनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ ।

पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागि पर्ने पनि बताए । देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनको भनाइ छ । 

‘आज संसद चल्न नसकेर अस्ति भर्खरै संसद स्थगित भएको छ । अदालतको त्यो अवस्था छ । अरू संवैधानिक निकायहरू त्यस्तै हालतमा छन् । राजनीतिक पार्टीहरूको त्यो हालत छ । आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरू नै नेपाली जनताको भरोसाको केन्द्र हुन् । तर राजनीतिक पार्टीहरूको अवस्था के छ ? कम्युनिष्ट पार्टीको हालत हामीले देखिहाल्यौँ । त्यत्रो दुई तिहाइ बहुमत ल्याएर पनि त्यो चकनाचुर भएर गइराखेको छ । नेपाली कांग्रेसले पनि जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेको म आफैँ पनि स्वीकार गर्छु', उनले भने । 

'पार्टीको सञ्चालन, अधिवेशनहरू व्यवस्थित रूपले चलेको हुनुपर्‍यो । देशको संवैधानिक निकायहरू व्यवस्थित रूपले चलेको हुनुपर्‍यो । राज्यसत्ता सिस्टममा चलेको हुनुपर्‍यो । देशको अदालत एउटा मर्यादामा रहेको हुनुपर्‍यो । आज यी सबै कुराहरूमा कहिँ न कहिँ प्रश्न उठिरहेको अवस्था छ, उनले अगाडि भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top