ट्रेण्डिङ

होमपेज / राजनीति

वरिष्ठ अधिवक्ता खरेलले भने-सर्वोच्चमा लागेको आगो निभाउन नआउने नेताहरूले यसको मूल्य चुकाउनुपर्नेछ

नेपालगाथा २०७८ कार्तिक १५ गते सोमबार १४:१८:४३ मा प्रकाशित

काठमाडौं ।वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले आफूहरुको आन्दोलन व्यक्ति र संस्थाका विरुद्ध नभई न्यायपालिकाको विकृति/विसंगति समाप्तिका लागि भएको बताएका छन् ।

उनले राजनीतिक दलको यो मौनताको मूल्य नीकै महँगो पर्ने चेतावनी पनि दिए । नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराकाे राजीनामा माग गर्दै आयाेजना गरेकाे धर्ना कार्यक्रममा सहभागी भएका उनले केही नेताहरूले अदालतमा हस्तक्षेप नगर्ने भन्दै दिएकाे अभिव्यक्तिप्रति पनि आक्राेश पाेखे ।

'अहिले राजनीतिक दलहरुले न्यायपालिकामा भएको विवादमा हस्तक्षेप नगर्ने भनेका छन् । सर्वोच्च अदालतमा आगो लागेको बेला निभाउन नआउने नेताहरुले यसको मूल्य चुकाउनुपर्नेछ । न्यायपालिकामा हस्तक्षेप नगर्ने भनेको न्यायाधीश नियुक्तिका बेला, फैसलामा हस्तक्षेप नगरेर हो,' उनले भने ।

नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको अभियानले सुखद सुरुवात गरेको बताए । 'आजबाट प्रधान्यायाधीशले बेन्च लिन छोड्नु भएको छ । हामीले उहाँलाई बेन्चमा नबस्न भनेका थियौं,' श्रेष्ठले भने, 'आजबाट बन्दी प्रत्यक्षीकरण हेर्न सुरु भएको छ । केही मुद्दा स्थगित भएका छन् । न्यायपालिका शुद्धीकरणका लागि जनताले पनि केही दु:ख बेहोर्नुपर्दछ ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top