ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै

नेपालगाथा २०७८ कार्तिक १५ गते सोमबार १०:२३:५४ मा प्रकाशित

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ ।

बैठकमा मुख्यमन्त्री भीम प्रसाद आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासका मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यसूची छ । कात्तिक ७ गतेको लागि तोकिएको बैठकमा मत विभाजन हुने तय भएको थियो । तर, नेपाली कांग्रेस र एमालेले निवेदन दर्ता गराई बैठक सार्न माग गरेपछि आजको लागि बैठक सारिएको थियो ।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top