होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने निश्चित भएको दिनमा अदालतले एमाले र माओवादीलाई दुई पार्टी बनाइदिएको बताएका छन् ।
काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।प्रचण्डले विगतमा आफ्नो राजनीतिक एजेण्डाको मार्केटिङ गर्न नजानेर पार्टी कमजोर भएको बताएका छन् । उनले अब विगतबाट पाठ सिक्दै गर्नपर्ने जति सबै गरेर पार्टीमा नयाँ उभार ल्याउने बताए ।
माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको तिहार तथा छठ पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– हामीले मार्केटिङ गर्न जानेनौं, अब त्यो पनि गर्नुपर्छ । केही महिनाभित्र पार्टीमा उभार आउँछ ।
“तपाईंहरुलाई केपी ओलीसँग मिल्यो भन्ने लागेको होला । हाम्रो सपना गलत थिएन, सही थियो । देशभरका जनताले मूल्याङ्कन पनि गरेका हुन् तर ओली अवसरवादी भए,” उनले भने, “माइतीघरमा बस्दा ओली समूहले बिचरा भनेका थिए । पछि विशाल हुरीमा परिणत भयो । सेटिङ भत्कियो । विभाजन भएको होइन । गराइएको हो ।”
उनले त्यसबेला आफूहरुसँग ७५ प्रतिशत पार्टी पकड रहेको उल्लेख गर्दै ओली नसुध्रिएकाले कारवाही गरेर आफूलाई संसदीय दलको नेता चयन गरिएको बताए ।