होमपेज / राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा इजलासमा प्रवेश गरेका छन् ।
सर्वोच्च अदालतका सबैजसो न्यायाधीश तथा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाव दिँदै इजलासमा नबस्न चेतावनी दिएका छन् ।सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरु भने छलफलमै रहेका छन् ।
प्रधानन्यायाधीस जबराले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् ।