होमपेज / राजनीति
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई आफ्ना कामकारबाहीको स्व:मूल्यांकन गर्न नसके पूर्वप्रधानन्यायाधीशको इजलास राख्न चुनौती दिएका छन् ।
थापाले नेपाल बारले राजीनामा मागिसकेपछि प्रधानन्यायाधीले तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् ।नेपाल बार एसोसिएसनले राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा आजदेखि सुरु गरेको धर्ना कार्यक्रममा थापाले राणाको मूल्यांकनका लागि पूर्वप्रधानन्यायाधीशको इजलास गठन गर्न प्रस्ताव गरेका हुन् ।
ञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले ‘नेपाल बारले राजीनामा माग्दा राजीनामा नदिने को हो तपाईं ?’ भन्दै प्रश्न गरे ।उनले अब चोलेन्द्र शमशेरलाई प्रधानन्यायाधीश मानिरहनु पर्ने अवस्था नरहेको बताए ।