ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीशकाे राजीनामा माग्दै बारले सुरु गर्‍याे धर्ना

नेपालगाथा २०७८ कार्तिक १४ गते आइतबार १०:५०:५८ मा प्रकाशित

काठमाडौं ।  आजदेखि नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनमा माग गर्दै सर्वोच्च अदालत प्रांगढमा धर्नामा बसेका छन् ।

बारले पूर्वघोषित आन्दोलनका कार्यक्रम अन्तर्गत सर्वाेच्च अदालतमा एक घण्टे धर्ना सुरु गरेको हो । उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् ।नेपाल बार एशोसिएसनको अगुवाइमा गरिएको प्रदर्शनमा कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत छन् ।

आफूहरु अदालतकोविरुद्धमा नभइ न्यायालयमा शुद्धीकरणका लागि आन्दोलन थालिएको बताएका छन् ।“जनतालाई न्याय र न्यायालयमा शुद्धीकरण अभियान थालेका हौँ, यो न्यायालयविरुद्धमा होइन,” वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top