ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज धर्ना दिँदै

नेपालगाथा २०७८ कार्तिक १४ गते आइतबार १०:१५:०२ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज धर्ना दिँदै छन् ।

कानुन व्यवसायीको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ । बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् ।

 कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत कानुन व्यवसायीहरु नेपाल बारको कार्यालयबाट सर्वोच्च अदालत परिसरतर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top