होमपेज / राजनीति
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ ।
नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुधबारभित्रमा राजीनामा नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
बारको बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।उनका अनुसार बुधबारसम्म हातमा कालोपट्टी बाँधेर बारमै विरोध प्रदर्शन हुनेछ भने त्यसबेलासम्म पनि राजीनामा नआए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक हुनेछन् ।